मन्त्रीलाई कालो झण्डा देखाउने चार नेता पक्राउ

काठमाडौं ।

मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा चार जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

सिंहदरबारबाट पुल्चोकस्थित निवास फर्र्किएका मन्त्रीलाई कालो झण्डा देखाउने क्रममा अनेरास्ववियूका चार नेता निरोज श्रेष्ठ, सञ्जय काल्दन, आरती लामा र मनीषा कार्की पक्राउ परेको सो संगठनले जनाएको छ ।

पुल्चोकमा कालो झन्डा देखाउने क्रममा पक्राउ परेका उनीहरुलाई जावलाखेल वृत्तमा राखिएको बताइएको छ ।

प्रतिनिधि सभा विघटन भएसँगै विरोध कार्यक्रम भइरहेका छन् ।

पछिल्लो समय मन्त्रीहरुलाई विभिन्न स्थानमा कालो झण्डा देखाएर विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार