काठमाडौँ ।

संवैधानिक आयोगमा गरिएको नियुक्ति खारेजीको मागसहित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन् ।
संसदीय सुनुवाइबिना नै विभिन्न ११ संवैधानिक आयोगमा ३२ पदाधिकारीको नियुक्ति, शपथग्रहण र पदबहाली गरिएपछि सभामुख सापकोटा शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका हुन् ।
संवैधानिक परिषदको सदस्य रहेका आफूलाई कुनै बैठकका बारेमा कुनै जानकारी नदिइएको, ४८ घण्टाअघि एजेण्डासहित बैठकको सूचना दिनुपर्ने भएमा पनि नदिइएको र असंवैधानिक तवरले संवैधानिक आयोगमा नियुक्ति गरिएको भन्दै सभामुखले नियुक्ति तत्काल खारेजीको माग गरेका छन् ।
















