काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताका क्रममा दुई अनौठा दृश्य देखिए । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर रोइरहेकी थिइन् । हातमा कागजपत्र थियो भने आँखाभरी आँशु । काठमाडौंको बौद्धमा बस्ने आफूलाई माता बताउने ज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।
उनले दर्ता गर्न नपाउनुको कारण भने रोचक रहेको छ । उम्मेदवारी दिनका लागि सोही क्षेत्रका मतदाता रहेका एकजना प्रस्तावक र अर्कोजना समर्थक चाहिन्छ । उनले एकजना महिला प्रस्तावक त ल्याएकी थिइन तर सर्मथक थिएनन् । ती प्रस्तावक महिला पनि काठमाडौंको फरक निर्वाचन क्षेत्रको रहेछिन् । यसरी उनको मनोनयन नहुने भनेपनि उनी डाँको छोडेर रुन लागिन ।
आयोगका कर्मचारीहरुले पाँच बजेसम्म समय रहेको बताएपनि २ घन्टाभित्र बौद्ध पुगेर आफूले समर्थक र प्रस्तावक खोजेर ल्याउन ढिला हुने भन्दै रोइरहेकी थिइन् । शूरुमा त उनलाई मनोनयन दर्ता गर्न आएको विश्वास नगरेर पुलिसले एक घण्टासम्म गेटमै रोकेको गुनासो गरिन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
हेर्नुहोस् भिडियो
रातोपाटीबाट
















