बैतडीमा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

धनगढी ।

बैतडीमा बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा लडालेक जंगलमा फेला परेको मृतकका हो ।

किशोरीको शव फेला परेको जानकारी आइसकेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, चिकित्सक र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत पुगिसकेको प्रहरी नायव परीक्षक अधिकारीले बताए ।

भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेर फालिएको आशंका गरिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार