पोर्चुगलमा जनवरीमा हराएकी महिला कस्काइसको जंगलमा मृत फेला !

लिस्बन।

पोर्चुगलमा जनवरीमा २२ तारिखबाट हराएकी एक महिला कस्काइसमा मृत अवस्थामा फेला परेकी छिन्।

जनवरी २२ तारिखमा हराएकी उनको खोजि गर्दा केही जानकारी प्राप्त नभएपछि प्रहरीले २६ तारिख बेपत्ताको सुचिमा राखेको थियो।

कस्काइसको घना बनस्पति भएको क्षेत्रमा एक महिलाको शव रहेको खबर स्थानीयले प्रहरीलाई गरेका थिए।

प्रहरीको बिशेष अनुसन्धान टोलीले उक्त शव हराएकी महिलाको भएको पुष्टि गरेको छ।

प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार