४ जनप्रिय नेता जो निर्वाचनमा कहिल्यै हारेनन्

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागी बिहिबार उम्मेदवारी दर्ता भएको छ ।

मंसिर २१ र १० गते हुने निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीच प्रतिस्पर्धा हुने भएकाले पनि चुनावलाई बढी महत्वका साथ हेरिएको छ । यद्यपी लोकतान्त्रीक गठबन्धन भने बाम गठबन्धनजतिको सक्रिय देखिएको छैन् ।

चुनावमा धेरै नयाँ र चर्चित अनुहारहरु पनि छन् । धेरै यस्ता उम्मेदवार छन् की जो २०४८ सालबाट अहिलेसम्म अपराजित रहेका छन् ।

ति हुन शेरबहादुर देउवा, विजय कुमार गच्छदार, नारायण्मान विजुक्छे र रामचन्द्र पौडेल हुन् । यी चार हस्तीहरुमध्ये विजुक्छे भने यो वर्ष चुनाव नलड्ने भएका छन् ।

वि सं २०४८ सालदेखि अहिलेसम्म ५ वटा संसदीय निर्वाचनहरु सम्पन्न भईसकेको छ । कुनैको नाम संसदीय, मध्यावधिक त कुनै संविधानसभाको गरी २०५९ सालमा घोषणामात्रै भएको निर्वाचनलाई हिसाव नगर्दा अहिलेसम्मको यो ५ निर्वाचन सम्पन्न भएको छ । जसमध्ये जम्मा ४ जना नेताहरु यस्ता जनप्रिय देखिएका छन् कि जसले अहिलेसम्म कुनैपनि निर्वाचनमा पराजीत भएका छैनन् ।

२०४८ सालबाट अहिले सम्म अपराजित रहेका प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको चुनावमा पनि गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्दैछन् । यद्यपी स्थानीय चुनावको नजिताले वाम गठबन्धन बलियो देखिएपनि देउवा आफ्नो व्यक्तित्वका कारण जित्ने सम्भावना कायमै रहेको छ ।

त्यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २०४८ सालदेखि अहिलेसम्मका अपराजीत उम्मेदवारको रुपमा चिनिन्छन् । २०४८ सालमा तनहुँ क्षेत्र नं १ मा र त्यसपछिका सबै निर्वाचनहरुमा तनहुँ क्षेत्र नं २ बाट चुनाव लडेका नेता पौडेलको पनि यसपटकको निर्वाचनमा समेत त्यस्तो अवस्था देखिँदैन । यद्यपी पौडेल विरुद्ध काँग्रेसकै नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् । जोशीले आफ्नो उम्मेदवारी फिर्ता नलिएमा पौडेललाई यो चुनाव जित्न निकै गाह्रो हुनेछ ।

यसैगरि काँग्रेस नेता विजय कुमार गच्छदार पनि अहिलेसम्मका ५ वटै निर्वाचनमा अपराजीत छन् । उनी अहिले सुनसरी ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् ।

अर्का अपराजीत उम्मेदवार भक्तपुरका नारायणमान विजुच्छे हुन् तर यो चुनावमा भने उनले विश्राम लिएका छन् । उनी पनि २०४८ सालदेखि अहिलेसम्मका सबै संसदीय निर्वाचनहरुमा अपराजीत हुँदै आएका छन् । उनले आफ्ना विश्वास पात्र प्रेम सुवाललाई सोही क्षेत्रमा उठाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार