कांग्रेसले सोमबार ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने !

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ ।

सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न सभापति देउवाले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार