स्याङ्जामा बाख्रा हेर्न गएकी ६ वर्षीया बालिका बलात्कृत !

स्याङ्जा ।

स्याङ्जा चापकोट नगरपालिकामा छ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

चापाकोट नगरपालिका वडा नं २ बस्ने ५२ वर्षीय नामदेउ कुमालले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार अभिभावकसँग बाख्रा हेर्न गएकी वर्षे ६ बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको छ।

प्रहरीले कुमाललाई पक्राउ गरी करणी सम्बन्धी कसूर “जबरजस्ती करणी” मुद्दा दर्ता गरिएको बताएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार