पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न अत्यावश्यक : उपराष्ट्रपति पुन

काठमाडौं।

उपराष्ट्रपति नन्दबहादुर पुनले आज बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्नको साथै साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको बताए। जसको कारणले पत्रकारितामा नयाँ पुस्ता आर्कषित हुने बताएका हुन् ।

नेपालको राजनीतिक परिवर्तन गर्नका लागि पत्रकार महासंघको ठूलो भूमिका रहेको उपराष्ट्रपति पुनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार