लिस्बन।
सन् २०१९ देखि पीएसपी प्रहरीले सोशल मीडियामा “सार्वजनिक आचरण वा भेदभावपूर्ण र अनुपयुक्त मानिने टिप्पणी” को लागि ११ जना पुलिस विरुद्ध अनुशासनात्मक कार्यवाही शुरु गरेको छ।
ती मध्ये मानुएल मोरइस नामक एक प्रहरी अधिकारिलाई १० दिनको लागि निलम्बन गरि अनुशासन कारवाही अगाडी बढाएको छ। उनले पिएसपी मा जातिय भेदभाव छ भन्दै सामाजिक संजालमा उल्लेख गरेका थिए।
सन् २०१८ देखि पीएसपीले “घृणायुक्त बोली र हिंसा” टिप्पणीका २० उजुरीमाथि कारवाही गरेको छ। यी मध्ये १६ उजुरी मात्रै अघिल्लो बर्ष दर्ता भएका थिए।

















