पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १३ जुनसम्म मास्क अनिवार्य लगाउनुपर्ने कानुन अनुमोदन !

लिस्बन।

पोर्चुगलमा अर्को ७० दिनसम्मका लागि सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको छ।

राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले नागरिकले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानुन अर्को ७० दिनका लागि नबिकरण गर्नुभएको छ।

यो संगै अब पोर्चुगलमा १३ जुनसम्म नागरिकहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।

यो कानुन ५ अप्रिलदेखि अर्को ७० दिनको लागि थपिएको हो ।

सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग नगर्नेलाई सुरक्षा अधिकारीहरुले २०० देखि १००० युरोसम्म जरिवाना गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार