काठमाडौं ।
काठमाडौँ मित्रनगरको एक होटलमा एक युवाको शव फेला परेको छ । नयाँ बसपार्क नजिकै मित्रनगरको एक होटलमा युवकको शव फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो ।
शवको प्रकृति हेर्दा हत्या गरेको हुनसक्ने आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जानकारी दिएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

















