भोजपुर ।
षडानन्द नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गोपालले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















