कैलालीको रेड स्टार एफएममा तोडफोड, प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीमाथि कुटपिट !

कैलाली ।

कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड भएको छ।

स्थानीय ९ जनाको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेको छ।

९ जनाको समूहले बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको हो।

प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली भने घटनाबारे बेखबर बनेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार