काठमाडौं।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ का चारवटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन्।
सरकारी अस्पताल गरिब तथा असहाय जनताको स्वास्थ्य जाँचको भरोसाको केन्द्र भएकोले सर्वसाधारण मैत्री बनाउन विशेष ध्यान दिन आग्रह गरे। साथै उनले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए।
सोमबार उनले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने टिचिङ अस्पताल,कान्ति बाल अस्पताल,गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए। सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरुको माग गर्न समेत उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे।
यस्तै छलफलमा काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य दीपक निरौलाले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने बताए।

















