कोभिड संक्रमित वडाअध्यक्षको अस्पताल लैजादा बाटैमा मृत्यु !

बाजुरा ।

बडिमालिका नगरपालिका–९ का वडाअध्यक्ष विनोदकुमार विकको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।

एक हप्तादेखि बिरामी भएका अध्यक्ष विकमा शनिबार बिहान कोभिड पोजेटिभ देखिएको थियो ।

विकको अछामको साफेँबगरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार