काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन् । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत मागेका हुन् ।
उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार दिउँसो विज्ञप्ति निकालेरै उनले गृहमन्त्रीसमेत रहेका थापालाई मत हाल्न पार्टी पंक्तिलाई आदेश दिएका हुन् । त्यतिमात्र होइन थापालाई मत नदिए कार्वाही गर्ने धम्कीसमेत प्रधानमन्त्री ओलीले मतदातालाई दिएका छन् । यसैबिच निर्वाचन आयाेगले मौन अवधिमा व्यक्तव्यवाजी नगर्न आग्रह गर्दै कारवाहि गर्ने चेतावनी दिएकाे छ ।

















