एनआरएनए पोर्चुगल: शव व्यवस्थापनमा मात्रै २२ हजार २ सय १२ युरो खर्च !

लिस्वन ।

गैर आवासिय नेपाली संघ पोर्चुगलको १५ औं साधारण सभा भर्चुअलमार्फत सम्पन्न भएको छ।

संघले सभामा आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेको थियो। संघले शव व्यवस्थापनमा मात्रै २२ हजार २ सय १२ युरो खर्च गरेको रिपोर्ट सार्वजनिक गरेको छ। त्यस्तै संघको कोषमा २१८८.३९ युरो मात्रै बाँकी रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ।

कार्यक्रममा कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्यमा अर्यालको प्रमुख आतित्थ्यतामा भएको थियो । सो अवसरमा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले कोरोना कहरका बीच प्रवासमा रहेका नेपाली समुदायले सकारात्मक भूमिका निर्बाह गरेको बताइन । उनले प्रवासमा रहेका नेपाली समुदायले नेपाल सरकारलाई कुनै न कुनै तवरबाट सहयोग गरिरहेको बताइन ।

कार्यक्रममा विशिष्ट अतिथीहरु नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी, एनआरएनए केन्द्रका उपाध्यक्ष डा. बद्री केसी, पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्य दूत मकर हमाल, एनआरएनएका सल्लाहकार कुल आचार्य र एनआरएनए यूरोपका संयोजक नारायण आचार्यले एनआरएनएको काम र महत्वका बारेमा बताएका थिए । आफ्ना धारणा राख्दै उनिहरुले एनआरएनएप्रति सबै प्रवासीहरुको विश्वास भएकोले त्यही अनुरुपको काम गर्नुपर्नेमा जोड दिए । कोरोनाको दोस्रो लहरले नेपालमा जनजीवन प्रभावित बनाएको भन्दै सक्दो सहयोग गर्नुपर्नेमा उनिहरुको जोड थियो ।

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको अध्यक्षतामा भएको कार्यक्रममा पोर्चुगलका संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुले आगामी दिनमा संघले थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिदैं नेपाली समुदायको मन जित्न अनुरोध गरेका छन ।

साधारण सभामा संघका अध्यक्ष गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमा संघको कुल आम्दानी ५७ हजार ९९२.५५ युरो रहेको उल्लेख छ । यस्तै ५५ हजार ८०४.१६ युरो खर्च भएको र संघको खातामा २१८८.३९ युरो मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । सहभागीबीच प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल भई पास भएपनि केही बिषयमा थप छलफल गर्नुपर्ने भन्दै पूर्व अध्यक्ष रमेश गुरुङको संयोजकत्वमा समिति निर्माण भएको छ । उक्त समितिमा सोम शेर्पा, रोबर्ट लिम्बु, हेम गुरुङ र तिलक गैरे रहेका छन ।

निवर्तमान अध्यक्ष कुबेर कार्कीले आफ्नो कार्यकाल पूरा भएपछि वर्तमान कार्यसमितिलाई ४१ हजार युरो हस्तान्तरण गरेका थिए।

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (1)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार