देउवाले बोलाए पदाधिकारी बैठक : ओलीको कदमविरुद्धको रणनीतिबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।

बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। पौडेलका अनुसार प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको रणनीति र र १४ औं महाधिवेशन तयारीबारे छलफल हुनेछ।

कांग्रेसको अगुवाइमा संसद्‌मा रहेका शीर्ष नेतासहित १४६ सांसदहरूले विघटन खारेज गर्न र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार सर्वोच्चमा रिट दायार गरेका छन्। रिटमा संसद् विघटन खारेजी गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका शभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गरिएको छ।
राष्ट्रपति भण्डारीले यही जेठ ८ गते सरकार गठन गर्नका लागि प्रधानमन्त्री ओलीसहित दुवै दावीकर्ताको बहुमत नपुगेको जनाउँदै प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मंसिरमा प्रतिनिधिसभाको निर्वाचन तोकेकी थिइन्। यो कदमलाई कांग्रेसले प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार