स्लिम बन्न चाहनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

तौल घटाउनका लागि एक्सरसाइज, डाइटिंग, र योगा जस्ता कुराहरु गर्न धेरै आवश्यक हुन्छ । पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो छ । यी कुराहरुले तपाईको तौल घटाउन धेरै नै मद्दत गर्छ । यसको साथै केही घरेलु उपायको मद्दतले पनि तौल घटाउन सकिन्छ ।

स्याउको बोक्रा- स्याउको बोक्रामा एसिटिक एसिड हुन्छ जसले शरीरमा सुन्निने र मोटोपन कम गर्न मद्दत गर्छ । एक गिलास पानीमा एक चम्चा स्याउको बोक्रा मिलाएर पिउनुहोस् । यसमा मह पनि मिलाएर पिउने सक्नु हुन्छ । यसको गरेमा केही दिनमै तपाईंले अचम्मको फाइदा पाउनुहुनेछ ।

तातो पानी- दिनको शुरुवात कहिले पनि चिसो पेय पदार्थबाट गर्नुहुँदैन । कोल्ड कफी वा आइस टी जस्ता ड्रिङ्क पिउँदा तपाईंको पाचनक्रिया स्लो हुन्छ । यसको साटो मनतातो पानी, कागती वा अदुवाको चिया पिउनुहोस् । यी तीनै तत्वले मेटाबोलिजम बढाउनुका साथै तौल पनि कम गर्छ ।

एलोभेरा जूस- मेटाबोलिक एक्टिविटीलाई बढाएर एलोभेराको जुस वा जेलले तौल कम गर्न मद्दत गर्छ । यसको साथै यसले पाचन शक्तिलाई पनि राम्रो बनाउँछ ।

मह र कागती- शरीरको तौल कम गर्नको लागि कागतीको रस र मह धेरै नै उपयोगी मानिन्छ । कागतीमा धेरै मात्रामा भिटामिन सी हुन्छ जसले फ्याट अक्सीडेशनमा मद्दत गर्छ भने महले लिपिड कम गर्ने काम गर्छ । त्यसैले दिनमा ३९४ पटक एक गिलास पानीमा आधा कागतीको रस र २ चम्चा मह मिसाएर पिउने गर्नुहोस् ।

मरिच- मरिचमा पाइपरिन नामको कम्पाउन्ड हुन्छ जसले तपाईको खानामा स्वाद बढाउन मद्दत गर्छ । पाइपरिनमा फ्याट कम गर्ने खालको गुण हुन्छ जसको कारणले गर्दा तपाईको तौल कम गर्न मद्दत गर्छ । त्यसैले आफ्नो भोजनमा १ चम्चा मरिच मिसाउने गर्नुहोस्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार