धुमेह र मुटुरोग भएकाहरूलाई घाम ताप्नुका फाइदै फाइदा !


-एजेन्सी

जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ । घामले न्यानो गर्ने मात्र नभई शरीरलाई फाइदा पनि गर्छ ।

मधुमेह र मुटुरोग भएकाहरूलाई घाम ताप्दा निकै फाइदा हुन्छ । घामले शरीरमा रगत जम्ने समस्या हटाइदिन्छ र शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ ।

हाड वा जोर्नीमा पीडा छ भने घाममा बस्ने गर्नुस् । घाम तापेर बस्दा शरीरलाई भरपूर भिटामिन प्राप्त हुन्छ र यसले हाड बलियो बनाउँछ । शरीरको दुखाइ पनि निको हुन्छ ।

शरीरको कुनै भागमा फंगल इन्फेक्सन भएमा पनि घाममा बस्ने सल्लाह दिइन्छ । घामले छालाका अन्य समस्या पनि हटाउँछ ।

सूर्यका किरणले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछन् । यसले अनेकौं रोग हटाउँछ ।

घामले शरीरमा मेलाटोनिन हर्मोन उत्पन्न गराउँछ । राम्रो निद्राका लागि त्यो हर्मोन आवश्यक हुन्छ । यसले मानसिक तनाव पनि कम गराउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार