लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरुले ५५ प्रतिशत आइसीयु भरिएका छन्।
एक महिना अगाडी आसियुमा २० प्रतिशत मात्रै कोरोना संक्रमित बिरामी थिए।
पछिल्लो समय कोरोना संक्रमणमा आएको बृद्धिले अस्पतालमा बिरामीको चाप निकै बढेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार जुलाइको ५ तारिखमा आसियुम भर्ना भएका बिरामीको संख्या १३६ पुगेको छ।

















