जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटायो !

लिस्बन।

जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको छ। यो संगै जर्मनीले पोर्चुगलमाथि लगाएको यात्रा प्रतिबन्ध हटेको छ।

जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको निर्णयको पोर्चुगलले स्वागत गरेको छ।

जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएतापनि पर्यटनमा लामो समयसम्म असर रहिरहेको टुर अपरेटरहरुले बताएका छन्।

जर्मनी सरकारले ५ जुलाईबाट पोर्चुगललाई प्रतिबन्धित सूचीबाट हटाएको हो।

रातो सूचीबाट हटेतापनि अनावश्यक यात्रा गर्नेहरुले कोभिड बिरुद्धको भ्याक्सिन लगाएको डिजिटल सर्टिफिकेट वा कोरोना टेष्टको नकरात्मक रिपोर्ट पेश गर्नुपर्नेछ।

जुलाई महिनामा मात्रै जर्मनीबाट ३११ फ्लाइटमा ५६,००० बढी हवाई सिट बुकिङ् भएका थिए। जर्मनीले पोर्चुगललाई रातो सुचिमा राखेपछि अधिकांस यात्रुहरुले आफ्नो हवाई टिकेट क्यान्सिल गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार