धनुषा।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
आज शु्क्रवार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ,” १४ औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।”
उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको बताए ।
उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए ।

















