पोर्तुगलको अल्गार्भमा नेपाली सांस्कृतिक धमाका सम्पन्न हुने

पोर्तुगल – गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ, पोर्चुगलद्वारा आयोजित “अल्गार्भमा नेपाली सांस्कृतिक धमाका २०७४” नोभेम्बेर २८ का दिन सम्पन्न हुने जानकारी गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ, पोर्चुगलकी कार्यवाहक अध्यक्ष श्रीमती शुष्मा गौतम कार्कीले जानकारी दिनु भयो | यस कार्यक्रमको संयोजक,गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद, अल्गार्भ, पोर्चुगलका महासचिव निरन्जन सेढाईले दिनुआएको जानकारी अनुसार सो कार्यक्रम क्वार्तेराको जुन्ता फ्रगेसियाको हलमा अल्गार्भको बिभिन्न क्षेत्रका कलकारहरुको बिशेष प्रस्तुतिकासाथ भब्य रुपमा सम्पन्न गराउनका निम्ति बिभिन्न कार्य समिति गठन भैसकेको बताउनु भयो |

दिउँसो २ बजे आरम्भ हुने साँस्कृतिक कार्यक्रम पूर्व बिभिन्न नेपाली संस्कृति झल्काउने भेषभुषा र पहिरनका साथ् नगर परिक्रमा गरिने कार्यक्रम पनि रहेको छ | अल्गार्भको बिभिन्न क्षेत्रमा बिभिन्न अवसर पारेर छुट्टाछुटै कार्यक्रम सम्पन्न हुदै आएको छ | तर यो कार्यक्रमले अल्गार्भको बिभिन्न क्षेत्रमा अवस्थित नेपाली कलाकारहरुलाई समेटेर, नेपाली सांस्कृतिक प्रस्तुतिको निम्ति आयोजकले जमर्को कसेको छ | कार्यक्रममा प्रवेश शुल्क: ७ यूरो रहेको र कार्यक्रम हलको क्षमता मात्र २०० दर्शकको निम्ति रहेकोले, आफ्नो स्थान सुरक्षित राख्न समय मै आयोजकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ |

  • दृष्टिनेपाल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार