चिपक चिपक गर्दै केकी र नाजिर (भिडियो सहित)

काठमाण्डौ । अभिनेत्री केकी अधिकारी प्रेम सम्बन्ध गोप्य राख्न अन्य हिरोईनको तुलनामा निकै माहिर छिन् । उनको प्रेम प्रसंङका बारे खासै समचार र गसिप बन्ने गर्दैनन् ।

अहिले आफै चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिरहेकी केकी उनकै फिल्मका कलाकार नाजिर हुसेन संग भने चिपक चिपक गर्दैछिन् । नायक नाजीर हुसैन र नायिका केकी अधिकारी अभिनीत रोमान्टिक ड्रामा फिल्म ‘राज्जा रानी’को सार्बजनिक गीतमा यि दुईको चिपक चिपक देख्न पाईन्छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको नयाँ प्रदर्शन मितिसँगै रोमान्टिक गीत पनि सार्वजनिक गरिएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजीर फिचर छन् । नेपालगञ्जको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् । विक्रम स्वाँरको कोरियोग्राफीमा केकी र नाजीरको केमेष्ट्री गज्जबको लाग्छ । प्रेमकथामा आधारित फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीत हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार