काठमाडौँ|
धादिङ कांग्रेस निवर्तमान सभापति रमेश धमला राजधानीको स्वयम्भूस्थित एक जुवाखालबाट पक्राउ परेका छन्।
उनी मंगलबार बेलुकी जुवाखालबाट समातिएको प्रहरीले जानकारी गराएको छ।
महाधिवेशन प्रतिनिधिसमेत रहेका धादिङ कांग्रेसका नेता १० जनासहित जुवाखालबाट समातिएका हुन्।
केहीअघि भएको जिल्ला अधिवेशनबाट धमला कांग्रेस धादिङ सभापतिमा रुपमा विस्थापित भएका हुन्।

















