लिस्बन।
( फोटो : बुद्ध जयन्ती शोभा यात्रा २०१९ को फाईल तस्वीर ! )
२५६६ औँ बुद्ध जयन्तीको अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा १६ मे का दिन शोभा यात्राको आयोजना हुने भएको छ ।
लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत कार्यालयको प्रमुख आयोजनामा उक्त हुने शोभा यात्रामा आयोजना गरिएको हो। हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा राजधानी लिस्बनमा मनाईदै आइरेहेको शोभायात्रा कोरोनाका कारण पछिल्लो बर्ष हुन सकेको थिएन।
बुद्ध जयन्तिको शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गरि प्रबासमा बुद्ध भुमी नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा नेपाली महाबाणिज्यदूतको कार्यालयले अनुरोध गरेको छ ।
१६ मे का दिन बिहान १२:३० बजे देखि Rua Alvaro Coutinho 2B मा भगवान बुद्धको पुजा अर्चना सहित सुरु हुने बुद्ध जयन्ती बिशेष कार्यक्रम मनाईने कार्यक्रम रहेको छ।
तत्पश्चात प्रासा दि कमर्सियो बाट दिनको ३:०० बजे शोभा यात्रा शुरु हुनेछ।
पोर्चुगल स्थित संपुर्ण संघ संथाहरुलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषामा उपस्थित भई शोभा यात्रालाई आकर्षक बनाउन र कार्यक्रम सफल हुन सहयोग गरिदिन हुन महाबाणिज्यदूत मकर बहादुर हमाल तथा २५६६ औँ बुद्ध जयन्ती मुल समारोह समितीले नेपाली समुदायसंग आग्रह गरेका छन् ।

















