काठमाडौं ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा आज जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले जानकारी दिएका छन् ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

















