लिस्बन।
पोर्तुगलको संसदले महिलाको अधिकार र सुरक्षाको कारण जनाउँदै सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।
संसदमा सेगा दलको प्रस्तावलाई PSD, IL र CDS-PP का मतले समर्थन गरेका थिए भने PS, Livre, PCP र BE ले सो प्रस्तावको विरोध गरे।
JPP र PAN ले भने मतदान गरेनन् ।
सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्धको नियम लागु भएसंगै सो कानुन उल्लंघन गर्नेलाई कम्तिमा २०० युरो देखि ४ हजार युरोसम्म सम्म जरिवाना हुनेछ।
यो विधेयक संसदीय समिति (संविधान, अधिकार र स्वतन्त्रता) मा थप छलफलका लागि पठाइएको छ।
यसघि नै मुस्लिम बहुल देशहरू र गैर-मुस्लिम देशहरू गरि २१ वटा रास्ट्रहरुले बुर्का र निकाबमाथि प्रतिबन्ध लगाएका छन्।
अफ्रिकि महादेशका क्यामरुन, चाड, कंगो गणराज्य, गाबोन, सेनेगल, ट्युनिसियामा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध गरिएको छ।
त्यस्तै एसियामा चीन, काजाकिस्तान, किर्गिस्तान, श्रीलंका, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तानले पनि बुर्का माथि प्रतिबन्ध लगाएका छन्।
यता युरोपियन मुलुकहरु अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, डेनमार्क, फ्रान्स, लक्जमबर्ग, नेदरल्याण्ड्स, स्विट्जरल्याण्ड समेत सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाईसकेका छन्।
अस्ट्रियामा सन् २०१७ , बेल्जियममा सन् २०१५, बुल्गेरियामा २०१६, डेनमार्कमा सन् २०१८, फ्रान्समा सन् २०१०, लाटभियामा सन् २०१७ मा नै प्रतिबन्ध लगाईएको हो।

















