देउवा र ओली बीच यसरि हुदैछ हानाहान ! ओलीको कडा चेताबनी

काठमाडौँ | वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ ।

File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उहाँहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँहरुले निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत गर्दै मुलुकलाई सुशासित र लोकतान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने धारणा व्यक्त गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको उल्लेख गर्दै आफूहरुको तालमेल र एकता कुनै पक्षको विरोधमा नभई मुलुकको समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि हो भन्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार