पत्रकार मरहठालाई अग्निवाँण क्रियाशील पत्रकारीता पुरस्कार

काठमाडौं । अग्निवाँण राष्ट्रिय पाक्षिक र शिवपुरी मिडीया नेटवर्क प्रालिद्धारा प्रत्येक बर्ष प्रदान गरिने अग्निवाँण क्रियाशिल राष्ट्रिय पत्रकारीता पुरस्कार यस बर्ष पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ ।

पत्रकारीता क्षेत्रमा उत्कृष्ट योग्दान दिएका एक जना पत्रकारलाई हरेक बर्ष प्रदान गरिने यो पुरस्कार यस बर्ष पत्रकार किरण मरहठालाई दिने निर्णय गरिएको शिवपुरी मिडीया नेटवर्क प्रालिका अध्यक्ष रबिन थपलियाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । पत्रकारीता पुरस्कारको राशी नगद रु २५ हजार र प्रमाणपत्र रहेको जनाइएको छ । अग्निवाँण क्रियाशील राष्ट्रिय पत्रकारीता पुरस्कारका निम्ती मिति २०७४ भदौ १२ गते सोमवारको जनसवाल राष्ट्रिय दैनिक, अनलाइन पत्रिका सगरमाथा पोष्ट डट कम लगायत बिभिन्न पत्रपत्रिका र अनलाइन मार्फत पत्रकारीता पुरस्कारका निम्ती आव्हान गरिएको थियो ।

र्निधारीत समय सिमाभित्र प्राप्त भएका आवेदन मध्यबाट पुरस्कार छनौट समितिले पत्रकार मरहठाको नाम छनौट गरेको हो । बिगत १५ बर्ष देखि नेपालको विद्युतीय पत्रकारीतामा सक्रिय पत्रकार मरहठा पछिल्लो समय बिभिन्न छापा तथा अनलाइन मिडियामा पनि संलग्न छन् । बुटवल एफ.एमबाट पत्रकारिता आरम्भ गरेका उनी एबिसी टेलिभिजनका बिशिष्ट टेलिभिजन प्रस्तोता हुन् । मरहठा अमेरीकाबाट प्रकाशीत हुने अंग्रेजी पत्रिका हफपोष्टका स्तम्भकार हुन भने नेपाल ब्रिटेन डट कम, खसोखस साप्ताहिकमा पनि आबद्ध छन् । उनको द होप नामक पुस्तक प्रकाशित छ । “मेसी द म्यान एट बार्सा” नामक अन्तराष्ट्रिय बृत्तचित्र र्निमाण गरेर ख्याती कमाएका मरहठाले कार्यक्रम निर्माण तथा प्रस्तुतीकरण, रिपोटिङ, स्तम्भ लेखन र पुस्तक लेखन मार्फत पत्रकारीतामा पु¥याएको योगदानको मुल्यांकन गदै यो पुरस्कार प्रदान गरिएको हो । उनले न्युयोर्कको नेपाली महाबाणिज्य दुतावास र अमेरिकन नेपाली डायस्पोराको बारेमा निर्माण गरेको टेलिभिजन कार्यक्रमलाई यो पुरस्कार दिइएको हो ।

अग्निवाँण पाक्षिक २०६५ साल देखि काठमाडौंबाट प्रकाशीत हुंदै आइरहेको छ । बिशेषत समाजबाट पछाडी पारीएको बर्गको प्रतिनिधिमुलक आवाजको रुपमा अग्निवाँणले उठाँउदै आइरहेको सम्पादक थपलियाले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार