– यादव देवकोटा
गाउँमा बाटो घाटो एक्लै निर्माण गरे , एउटै स्कुल निर्माण गर्नका लागि एकै पटक दश \दश लाख रुपिया सहयोग गरे । उच्चमाविमा पढ्ने एक सय ५० विद्यार्थीलाई दुई वर्ष छात्रवृत्ति दिएपछि गोरखाका प्रकाशचन्द्र दवाडीले अर्को योजना घोषणा गरे– सबै उच्च मावि र क्याम्पसमा लेखा विषयको किताब निःशुल्क दिने । अझै कति गरे केके गरे त्यो लेखेर साध्य छैन ।
‘मैले पढ्दाखेरि भोगेको पीडा मेटाउन खोजेको हुँ’ उनी भन्छन्, ‘हामीले जस्तो दुःख अहिलेका भाइबहिनीले भोग्नु नपरोस् ।’ अरुको दुखमा साथ दिने प्रकाश चन्द्र दवाडीले अहिले आफुलाई यहि भन्न रुचाउछन् तपाइँकै सुख दुखको साथि म प्रकाश चन्द्र दवाडी ।

२०६६ सालदेखि गोरखामा विद्यालयको भवन निर्माण, छात्तवृत्ति वितरण, शैक्षिक सामग्री सहयोग गर्दै आएका दवाडीले सहयोगका बारेमा यत्ति भने, ‘मेरो कमाईको १० प्रतिशत सामाजिक काममा लगाउने गरेको छु । मैले शिक्षा लिन समस्या भोगेकाले त्यसमा नै फोकस गरेको हुँ ।’ सेवामै आफ्नी जिन्दगि बिताएको एक दशक बिति सक्यो ।’
अहिलेसम्म उनले गरेको सहयोगको फेहरिस्त लामो छ । ‘सबै सम्झना गर्न गाह्रो छ, श्रीनाथकोटमा दुई कोठे आरसीसी भवन बनाएँ, गाविस, जिविसले केही रकम छुट्याएका २० वटा जति सडकमा पैसा थपिदिएँ,’ उनले गफिदै भने, ‘महिला समूह, युवा क्लबको भवन निर्माणमा सहयोग गरेँ, अनि बिरामी परेकाहरुलाई उपचारमा सहयोग गर्ने गरेको छु ।’
उनले अहिलेसम्म कति सहयोग गरिसके त्यो उनी संग कुनै हिसाब किताब छैन । तर उनी यसबारे केही भन्दैनन् । ‘मैले अझै धेरै गर्नु छ, यति उति भनेर प्रचार होस् भन्ने चाहना छैन,’ उनले ठट्टा गर्दै भने, ‘सबै हिसाब गर्ने हो भने घर झगडा हुन्छ ।’
दवाडीको दुख सुख यस्तो छ !
गोरखाको अजिरकोट गाउँपालिका सिम्जुंग ४ को सामान्य परिवारमा जन्मेका उनी , एसएलसी पास गरेपछि घरबाट रित्तै काठमाडौं आएका हुन्, काठमाडौंमा केही जागिर खाँदै पढ्नुपर्ला भनेर । ‘त्यो बेलाको क्षण त धेरै दुःखपूर्ण थियो,’ उनले २०५० सालको त्यो समय सम्झिए, ‘घरबाट ल्याएको चामल सकिएपछि १७–१८ छाक पाउरोटी मात्रै खाएको छु भन्दा अहिले मान्छेले पत्याउँदैनन् ।’ त्यसोत केहि समय उनले ज्यामीको काम पनि गरे ।दवाडीको संघर्सको कथा लेख्दा र सुन्दा जो कोहि पनि एक पटक भाबुक बन्छन् । अभावकै बीच उनले ठमेलको एक हस्तकला सामग्रीको पसलमा काम पाए । दिनभरि सामान बेच्थे, बिहान क्याम्पस पढ्थे । १६ वर्षअघि उनको जीवनमा यस्तो क्षण आयो त्यसपछि उनको बाटै यसरि मोडियो ।

दवाडीको बाटो यसरि मोडियो !
ठमेलको पसलमा काम गर्दा चिनेका एकजना जापानी नागरिकले उनलाई जापान लैजाने भए । एक महिने पर्यटक भिसामा जापान जाँदा उनले बोक्न सक्ने जति हस्तकलाका सामान, गार्मेन्ट र गरगहना लिएर गए ।
जापानीले आफ्नो पसल नजिकै छेउमा सामान राखेर बिक्री गर्ने व्यवस्था मिलाइदिए उनका लागि । केही दिनमा नै त्यो सामान बिक्री भयो, कमाई भएछ ९ लाख रुपैयाँ । उनी त्यो रकम लिएर सामान किन्न फेरि नेपाल फर्किए । एउटा पसलभरि सामान राखे । त्यसको बिक्रीबाट ४८ लाख रुपैयाँ कमाई भयो । फेरि त्यो पैसाको सामान किनेर लगे ।
त्यसपछि उनको पसल यसरी बढ्यो कि पहिले एउटा छेउमा राखेको पसल एक, दुई हुँदै १२ वटासम्म पुग्यो । सन् २००२ मा हो उनले धेरै पैसा कमाएको । ‘त्यो बेला त अचम्मै भयो,’ उनलाई नै पत्याउन गाह्रो पर्नेगरी भएछ, ‘जे राखे पनि बिक्री हुन्थ्यो, नाफाको दर पनि धेरै थियो ।’
दवाडीले आफ्नो चलिरहेको पसल नै अर्काे नेपालीलाई बिक्री गरिदिए र फेरि नेपालबाट सामान लगेर अरु पसल राखे । ‘त्यो तीन–चार वर्षको बीचमा मेरो व्यापार धेरै राम्रो भयो, त्यसकै बेसमा अहिलेसम्म चलिरहेको छु,’ दवाडीले आफ्नो सफलताको कथा सुनाए ।
उनले नेपालबाट मात्र नभई थाइल्याण्ड, भारत, भियतनामलगायतका देशबाट हस्तकलाका सामान, गार्मेन्ट, गहना र ढुंगाबाट बनेका सामान संकलन गरेर जापानमा बेच्थे । १२ वटा पसल पुर्याएपछि भने उनले सोचे– अब धेरै हौसिनु हुँदैन ।
‘मान्छेले आफू के थिएँ भनेर सोच्दैन, माथिमात्र देख्छ,’ उनले आफ्नो हैसियतमा सम्झिए, ‘तर मैले फर्केर पछाडि हेरेँ र नेपाल फर्किएँ, जापान पूरा समय बस्न मन लागेन ।’ त्यसपछि धेरै राम्रो अवस्थामा चलेका चारवटा मात्र राखेर अरु पसल बेचिदिए उनले । अनि नेपाल आउने जाने क्रम पनि बढाए ।उनले आर्जन गरेको धनको केही प्रतिशत सामाजिक काममा लगाउन थाले । नेपालमा पनि व्यवसाय गर्न थाले । चितवनमा ३ बिघामा कृषिफार्म राखेका छन्, अस्पताल र विद्यालयमा लगानी गरेका छन् ।
त्यसोत केहि समयको बसाइले दवाडीलाई नेपालनै आएर आफ्नै माटोमा केहि गरु झैं लाग्यो धन भनेको त्यस्तै हो मन भएन भने न मलाइ समाजले चिन्छ न म सामाजिकनै हुन्छु भनि मनमा धेरै कुरा खेले पछि नेपालमै आएर अब समाज सेवा सहित राजनीति गर्छु भन्ने मनमा जागेपछि दवाडीले एकाएक आफ्नै मातृभूमिमा सहयोगको हात फैलाउने निर्णय गरे ।चितवनको टाँडी नजिकैको फार्ममा माछा, कुखुरा, बुंगुर र बाख्रापालन गरेका छन् । उनले सामाजिक काममा खर्च गरेको रकमबारे उनको जिल्ला गोरखामा धेरै चर्चा हुन्छ । तर उनी भन्छन् ‘म सँग त के छ र धेरै धनी मान्छेहरु छन्, मैले मात्र गरेर हुने पनि केही होइन ।’
धेरै डाक्टर इन्जिनियर व्यापारीले आफू जन्मेको गाउँमा सहयोग गर्ने हो भने गाउँको अवस्था फेरिने उनको भनाई छ । ‘मेरै गाउँका धेरै डाक्टर इन्जिनियर, व्यापारीहरु छन्, उनीहरुले वर्षको एक दिन मात्रै आफू जन्मेको गाउँका लागि दिए भने गाउँको विकास हुन्छ,’ दवाडी भन्छन् ।
डाक्टरले स्वास्थ्य शिविर चलाउन सक्छन्, इन्जिनियरले ग्रामीण सडक निर्माणको तरिका सिकाउन सक्छन् । ‘वौद्धिक सर्कलका मान्छेहरु सहरमा यो जानेको छु, त्यो जानेको छु भनेर गफ दिन्छन्, त्यो काम एक दिन भए पनि गाउँमा गरिदिए कति फाइदा हुन्थ्यो,’ उनी भन्न्छन् ।
आफूले गरेको सामाजिक कामको रकम दुरुपयोग नभएको उनी बताउँछन् । ‘मेरो कामबाट कसैले धेरै फाइदा लिएका होलान्, अलिअलि चुहावट त भइहाल्छ, तर मुख्य काम बिग्रेको छैन’ उनी भन्छन् । अहिले उनलाई सहयोगका लागि धेरै विद्यालय, युवा क्लब, महिला समूह आदि क्षेत्रबाट माग आउँछ । धान्नै नसक्ने गरी माग आउँछ,’ दवाडी भन्छन्, ‘म अग्रज वुद्धिजीविसँग सल्लाह गर्छु, अनि कहाँ सहयोग गर्ने निर्णय गर्र्छु ।’

सामाजिक काम गर्दै राजनीतिलाइ पनि संगै अघि बढाएका दवाडी भन्छन् .. ‘मेरो लागि सामाजिक काम र राजनीति एकै हो, राजनीति गर्ने पनि समाजकै लागि हो, आफुमात्रै बन्न त राजनीति गर्ने होइन, समाजकै लागि हो’ । उनको बुझाईमा राजनीतिको मुख्य उद्देश्य पनि समाजसेवा हो । ‘मैले गर्ने सामाजिक काममा कसैलाई विभेद गर्दिन, छात्रवृत्तिमा वा अरु सहयोगमा म यो पार्टी उ पार्टी भनेर छुट्याउँदिन ।’ हुन पनि आज त्यहि प्रभावले होला गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ख मा दवाडीलाई सबैले माया दिएका छन् ।
चुनाबी अभियानमा रहेका दवाडी ।
अहिले चुनाबी अभियानमा रहेका दवाडीको प्रचार शैली पनि भिन्नै छ । आफुलाई शालीन र नम्र रुपमा प्रस्तुत गर्दै गाउँका कुना काप्चामा दौडिरहेका छन् । हातले दिए पनि खाने मान्छे पातले दिए पनि खाने मान्छे भन्दै ठाउँ भए गाउँलेको घरको पिंढीमा नभए सिंढीमै बस्न पनि आफुलाई सहज हुने भन्दै गाउँ गाउँ का कुना र कन्दरामा भेट घाट तिब्र बनाइ रहेका छन् । मेरो राजनीति तपाईंकै सेवाका लागि, मेरो राजनीति समाजकै टेवाका लागि भन्ने मुख्य एजेन्डाका साथ् आउदो मंक्सिर १० गते हुने निर्बाचनमा गोर्खा क्षेत्र नम्बर २ प्रदेश ख बाट समाजसेवी दवाडी नेपाली कांग्रेस र नया शक्तिको लोकतान्त्रिक गठबन्धनबाट चुनाबी प्रतिस्पर्धा गर्दै छन् । मलाइ सेवा गर्न दिनुस मेवाको आशा गर्दिन भन्दै चुनाबी मैदानमा होमिएका दवाडी गोरखा जिल्ला अजिरकोट गाउँपालिका ओडा नम्बर ४ सिमुजंगका हुन् ।
समाजसेवामा आफुलाई अब्बल साबित गरेका यूवा नेता दवाडी गोरखा जिल्ल्लामा ‘सके सबैको सेवा गरौँ नसके कसैको बिगार नगरौ’ भन्दै एक दशक देखि समाज सेवामानै तल्लिन रहे । दवाडीले गोर्खाका दूरदराज गाउँका स्कुल भबन निर्माण , मठ मन्दिर निर्माण ,आमा समुहको स्तारुन्नातिको लागि सहयोग , मोटर बाटो निर्माण , गरिब तथा जेहेन्दार बिध्यर्थिलाई छात्र वृति प्रदान मात्र गरेनन छिमेकि जिल्लाहरु कास्की लम्जुङ्ग तनहु लगाएतका ठाउंहरुमा सिक्षा ,स्वास्थ्य एबम युवालाई राजगारी दिने सामाजिक क्रियाकलापहरु गरिरहे ।

इमान्दार शालीन र शान्त स्वभावका दवाडीको ब्यबहार देखि जो कोहि पनि नतमस्तक हुन्छन् । म जित्छु भन्दिन तर तपाईं गोर्खाली मतदाताले हार्नु हुदैन भन्ने बिश्वास लिएका दवाडीले कम बोल्छु धेरै गर्छु समाज सेवाकै लागि जन्मिएको हुँ समाज सेवा गरेरै मर्छु भन्ने दृढ बिश्वास लिएका छन् । सबैको आँखाको नानि बनेका दवाडीले आफुले गरेको समाजसेवाको कहिलेइ हिसाब किताब राखेनन् ! नेपालि कांग्रेसको राजनीतिमा राम्रै छबि बनाएका दवाडीलाई राजनीतिमा आएर गरिब दिन दुखिहरुको आँशुलाई सेवा मार्फत हाँसोमा बदल्नु छ । दानिलाई हानि कहिलेइ हुदैन भन्नुहुने दवाडीले राजनीति मार्फत समाजसेवामा आउँदा झनै प्रभाबकारी हुने भन्दै गोरखा जिल्ला क्षेत्र नम्बर २ प्रदेश ख बाट उम्मेदवार छन् ।यिनै सामाजसेवी दवाडीलाई भोट हाल्ने अवसर गोरखा क्षेत्र नम्बर २ ख अन्तर्गतका सुलिकोट अजिरकोट र सिरानचोक गाउँपालिकाका आमा बुबा , दाजुभाइ तथा दिदीबहिनीहरुले ले पाउँदै छन् । तपाइकै सेवाका लागि र समाजकै टेवाका लागि यहि मंक्सिर १० गते हुने निर्बाचनमा गोर्खा क्षेत्र नम्बर २ प्रदेश ख बाट समाजसेवी प्रकाश चन्द्र दवाडीलाइ रुख चिन्हमा मतादान गरि अत्याधिक बहुमतले बिजय गराऔं ।
दवाडीले यी काम गर्ने अठोट गरेका छन ।

तपाईंकै सेवाका लागि दवाडी , समाजकै टेवाका लागि दवाडी , समाज सेवामा सबैभन्दा अगाडी, हो हुन पनि हो अब सेवाका लागि र समाजको टेवाका लागि सबैभन्दा अगाडी दवाडी रोजौ र दवाडी भन्दा अगाडी रुख रोजौ।
















