वाम गठबन्धन उम्मेदवारको होर्डिङ बोर्डमा लेखियो छाडा शब्द , चोर पार्टी खाते

शान्तिराज राई

ओखलढुंगा । देशै अहिले चुनावी माहोल तातिदै गर्दा ओखलढुंगामा भने वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ता बिचमा छेडखानी र बोलचाल समेत बन्द भएको छ । यसै क्रममा अज्ञात समुहले राती वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभाका यज्ञराज सुनुवार र प्रदेश सभाका उम्मेदवार अम्बिर गुरुङको पोस्टरमा अलिक अपाच्य शब्द चोर पार्टी, र खाते लेखेको छ ।

यो बिषयमा त्यहाको स्थानीय बुझ्दा सम्म राती ८ बजेसम्म ठिकै रहेको र बिहान उठ्दा लेखिराखेको बताए । यस बिषयमा व्यवासयी हरिचन्द्र श्रेष्ठले जस्ले गरेनी नराम्रो काम गरेको र मेट्न खोज्दा नमेटिएको बताउछन । त्यो लेखिएको ब्यानर वाम गठबन्धनले सदरमुकाम बाट उठाइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार