सक्कली बम र नक्कली बमले आतंक नै आतंक

सक्कली बम र नक्कली बमले आतंक नै आतंक

रामेछाप । सयुंक्त वामगठवन्धनको चुनावी सभाालाई लक्षित गरि खाडादेवी गाउपालीका अन्तर्गत गाल्वा वजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन विहानदेखी तनावपूर्ण रह्यो ।

वजार छेउमा रातो कपडाले मोडेर राखिएको वस्तु र त्यस आसपासमा विप्लव समुहको नामको केही पर्चाहरु छरपस्ट अवस्थामा भेटिएको थियो । पैदल हैड्दै गरेका वटुवाले रातो कपडाले वेरेर राखेको वस्तु वम हो भनेर लेखेर राखेको देखेपछि उनले प्रहरी चौकी गाल्वालाई खवर गरेका थिए ।

सोही सूचनाका आधार जिल्ला प्रहरी कार्यालय रामेछापवाट समेत प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।
सेना र प्रहरीको सयुक्त टोलीले उक्त वम राखिएको भन्ने वस्तु हो वा होइन एकिन गर्दा ढुगांलाई मैदाले पुरेर त्यसमाथी रातो कपडा वेरेर छाडेको र त्यसको वरपर केही विप्लव समुहको पर्चाहरु छरेको भेटिएको छ । प्रहरीले पर्चा आफ्नो नियन्त्रणमा लिएको छ भने पर्चा छर्ने विप्लव समुहका कार्यकर्ताहरुलाई खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

विप्लव समुहका कार्यकर्ताहरुले शुक्रबार खाडादेवीको गाल्वा वजारमा हुने वामगठवन्धनको चुनावी सभालाई विथोल्नको लागि उक्त नक्कली वम र केही पर्चाहरु छरेको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । विहानदेखी तनावको अवस्था रहेको उक्त छेत्रमा वम भनिएको वस्तु निस्तेज पारेपछि अहिले वामगठवन्धनको सयुक्त चुनावी सभा कार्यक्रम संचालन भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार