‘पार्किङ गरिएको टेम्पोमा चढ्ने उम्मेदवार’ को हुन् ? यस्तो छ यो तस्विरको वास्तविकता

काठमाडौं । सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल बनेको छ । जावलाखेल रुटमा चल्ने टेम्पोबाट झर्दै गरेका अवस्थामा खिचिएको उक्त तस्विरमा देखिएका व्यक्ति विवेकशील साझा पार्टीका संयोजक उज्वल थापा हुन् ।

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार समेत बनेका थापाको चर्को आलोचना भएको छ ।

उनले पार्किङमा राखिएको टेम्पामा चढेर तस्विर खिचाएको भन्दै सामाजिक सञ्जालमा तिब्र विरोध भएको छ ।

चुनावमा सामान्य नागरिकको मत आकर्षण गर्नका लागि टेम्पोमा चढेको नाटक गरेको आरोप लागेको छ ।

यस विषयमा बुझ्नका लागि विवेकशील साझा पार्टीका अध्यक्ष उज्वल थापालाई सम्पर्क गरेका थियौँ । उनका स्वकिय सचिव भूपदेव शाहका अनुसार थापाको चुनावी अभियानका क्रममा २ वटा टेम्पो प्रयोग गरिएको छ ।

एउटा टेम्पोमा थापा सहित अन्य चुनावी कार्यकर्ता चढ्ने गरेका छन् । र, अर्कोमा भने चुनावका लागि प्रचार प्रसारको सामग्री राखिएको छ ।

‘उहाँले चुनावी प्रचारका क्रममा एक महिनाअघि देखि टेम्पो चढ्नु भएको छ,’ भूपदेवले दियोपोपस्टसँग भने,‘उहाँ झर्दै गर्दा साथीहरुले खिच्दिनुभएको हो । उहाँ अरु बेला स्कुटर चढ्नुहुन्छ ।’

यसअघि २०७०मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उनी कुकुर चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार