एजेन्सी। बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’ बन्द गरेर चलचित्रमा व्यस्त भएका छन् । उनी चलचित्रमा मात्र होइन कपिल शर्मा अहिले घरजमको तयारीमा जुटेका छन् । प्रेमीका गिन्नी चतरथसँग गहिरो प्रेम सम्बनधमा रहेका कलाकार शर्मा हिजोआज जहाँ जाँदा पनि प्रेमीका गिन्नी चतरथसँग नै भेटिन्छन् ।

आगामी चलचित्र फिरंगीको प्रदर्शनको तयारीमा रहेका कपिलकी प्रेमीकाले कपिललाई जतिसक्दो छिटो रक्सी छाड्न आग्रह गरेपछि कपिलकी आमा पनि निकै खुशी भएकी छिन् ।चलचित्र फिरंगीको प्रदर्शनपछि यो जोडीले बिहे गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
















