३५ दिनमा यस्तो देखियो धुर्मुस सुन्तलीको सन्तपुर बस्ती

पछिल्लो समय कलाकारिता भन्दा सामाजिक काममा बढी सक्रिय रहेका हाँस्यकलाकार जोडि धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला कार्यक्रमका लागि साउदी अरव पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि सहयोग जुटाउन उनिहरु साउदी पुगेका हुन् ।


धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रौतहट, चन्द्रपुरको एकीकृत नमुना सन्तपुर बस्तीको करिव ४० प्रतिशत काम सकिएको बताईएको छ । फाउण्डेशनले सार्बजनिक गरेको आधिकारिक भिडियोमा बोल्दै परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले झण्डै ४० प्रतिशत काम सकिएको जानकारी दिएका हुन् । झण्डै ६ करोडको लगानीमा निर्माण भईरहेको उक्त बस्तीका लागि फाउण्डेशनलाई झण्डैं साँढे ३ करोड सहयोग अपुग रहेको बताईएको छ । केही समय अघि मात्रै फाउण्डेशनको अफिसियल फेसबुक पेज मार्फत लाईभ गदैं अध्यक्ष सिताराम कट्टेलले उक्त जानकारी दिएका हुन् । माघ २४ गते हस्तान्तरण गर्ने भनिएको उक्त बस्ती घोषित मितिभन्दा अगावै निर्माण सम्पन्न हुन सक्ने परियोजना ब्यवस्थापक न्यौपानेले बताएका छन् ।

अहिले निर्माणाधिन एकीकृत नमुना सन्तपुर बस्तीको झ्यालको लेवल सम्मको निर्माण काम सकिएको छ । फाउण्डेशनले भुकम्प पछि निरन्तर दुखी, पिडित र असाहायहरुका लागि काम गदैं आईरहेको छ । फाउण्डेशनले यसअघि पनि भुकम्प पिडितहरुका लागि २ वटा बस्ती र महोत्तरी, बर्दिवासका पिछडिएका मुसहर समुदायका लागि एउटा एकीकृत बस्ती निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार