३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा (भिडियो)

ओरेगनको बेभर्टन स्थीत साउथर्न पार्क वेमा युएस वल्र्ड क्लास तेक्वान्दो संचालन गर्दै आएका रञ्जितमाथि १५ वटा फरक फरक यौन दुब्र्यबहारको अभियोग लगाइएको छ । जसमध्ये १२ पहिलो डिग्री र ३ दोश्रो डिग्री अभियोग रहेका छन् । ओरेगनको कानुन अनुशार १४ बर्षभन्दा कम उमेरकासँग यौन दुब्र्यबहार गरेमा पहिलो डिग्री अपराध मानिन्छ भने यसको काउन्ट ११ हुने गर्छ । यदि दोषी प्रमाणित भएमा हरेक अपराधको कम्तीमा ६ बर्षको दरले जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् । उनको यौन दुब्र्यबहारमा परेकाहरु अरुसमेत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रञ्जितले तेक्वान्दो सिकाउने युएस वल्र्ड क्लास तेक्वान्दो पार्क वे स्टुडियोमा नै यौन दुब्र्यबहार गरेको अभियोग लगाइएको छ । सन् २०१२ जनवरीदेखि सन् २०१५ को फरबरीसम्म तीनजनामाथि यौन दुब्र्यबहार गरेको र उनीहरु सबैजना माइनरहरु रहेको तथा त्यमध्ये २ जना १४ बर्ष भन्दा पनि कम उमेरका रहेका थिए । खसोखास

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार