गोरखा,मंसीर । नेकपा माओवादी केन्द्र सुलिकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीम गुरुङ (कालु) ले नेपाली काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीलाई भोट मागेका छन् ।
काँग्रेसको सुलिकोट वडा नं ४ रनचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसको पक्षमा मतदान गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

उहाँले काँग्रेसले मात्र गोरखाको विकास सम्भव हुने भन्दै काँग्रेसका युवा नेता दवाडीलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेता दवाडी काँग्रेसभित्रका शालिन, भद्र तथा युवा नेता हुन् । उहाँले त्यस क्षेत्रको विकासका लागि व्यक्तिगत रुपमा धेरै काम गरिसक्नुभएको छ ।
















