नुवाकोट – निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका –३, लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ।
आज अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ। शिवपुरी–४ सिक्रेमा आज बिहान काँग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। रासस
















