करिना र सैफ अलि खानका छोरा ‘तैमूर’ आउने डिसेम्बरमा एक बर्षका हुनेछन्। उनी बलिउडमा स्टार किड्सहरु मध्ये सबैभन्दा चर्चित छन्।
तैमूरका हरेक गतिविधी समाचार बन्ने गर्छन्।तैमूरको नामलाई लिएर विवाद भएको थियो तर अहिसे उनी ‘क्युटनेश’ को लागी चर्चित छन्।

मंगलबार राती मुम्बईको बान्द्रा इलाकामा देखिइन्, उनीसँगै छोरा तैमूर पनि थिए।त्यतिबेला छोरा बोकिरहेकी तैमूरको फोटो कसैले खिचेर इन्टरनेटमा राखिदिए र अहिले त्यो फोटो भाइरल भइरहेको छ।
चेक सर्ट,डेनिम र बुटमा सजिएकी करिना र औला चुसेका तैमूरको फोटो फ्यानहरुले अति नै मन पराएका छन्।
करिना आफ्नो छोरालाई एकपल पनि छोडेर टाडा जान नसक्ने र सकेसम्म आफ्ना सन्तानलाई सुटिङमा पनि सँगै लिएरै जाने बताउँछिन्।
















