पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित धुलिखेलतर्फ, कारण यस्तो

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ लागेका छन् ।

धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा बस्ने गरी पूर्वराजा शाह पत्नी कोमल र बुहारी हिमानीसहित बुधबार दिउँसो धुलिखेलतर्फ लागेका हुन् ।

त्यहाँ उनका लागि चारवटा कोठा बुक गरिएको छ । धुलिखेलमा छोरा पारस भने गएका छैनन् । पारसकी एउटी छोरी पनि धुलिखेल नगएको स्रोतले जनाएको छ ।

धुलिखेल बसाइका क्रममा पूर्वराजा शाहले काभ्रेका केही स्थानीय नेताहरुलाई पनि भेट्ने बताइएको छ । विशुद्ध पारिवारिक बताइएको उनको धुलिखेल बसाइबारे सुरक्षानिकायले विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार