माओवादीका उम्मेदवारले मतपत्र सार्वजनिक गरेपछि..

धादिङ, – वाम गठवन्धनका तर्फबाट धादिङ क्षेत्रनम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार माओवादी नेता शालिकराम जमकट्टेलले आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका छन् ।
कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदाताले आफूले गरेको मतदानको फोटो खिचेर ल्याउन नपाउन भनेर मतदान केन्द्रमा मतदातालाई क्यामेरा तथा मोबाइल लैजान पनि निषेध गरिएको हुन्छ ।


तर माओवादी नेता जमकट्टेलले भने आफूले गरेको मतदान पत्रकार र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् । उक्त तस्बिरमा उनले मतपत्रमा कुन दलको चुनाव चिह्नमा मत हालेका छन् भनेर प्रस्ट देख्न सकिन्छ । नेता जमकट्टेलले धादिङको गजुरी गाउँपालिका–७ तिरानचोक कटुन्जे मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार कुनै मतदाताले आफूले गरेको मतदान सार्वजनिक गर्न पाउँदैन । त्यसरी आफूले गरेको गोप्य मतदान सार्वजनिक गरेमा कस्तो कारबाही हुन्छ भन्ने कुरामा भने आयोगका पदाधिकारीले कुनै जवाफ दिएनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार