दुखद खबर : तारा एयरको विमान दुर्घटना, पाइलट सहित ५ जना घाइते (भिडियो हेर्नुहोस्)

हुम्ला, हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ।

उहाँका अनुसार ४–५ जनाको अवस्था सामान्य छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भन्नुभयो । उहाँले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको पनि बताउनुभयो । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार