काठमाण्डौ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन , भोलिलाई उत्थान भन्ने नाराको साथमा कूल २१ विधामा अवार्ड वितरण गर्दै आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ को पाँचौ संस्करणमा संगीतकार कालिप्रसाद बास्कोटा र गायिका मिना निरौला राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । बास्कोटालाई ‘शम्भुजीत सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार’को अवार्ड प्रदान गरिएको हो । भने गायिका मिना निरौलालाई ‘उदित सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र अवार्ड’ मीना निरौलाले हात पारेकी छन् ।

संगीतकार कालीप्रसादलाई चलचित्र पुरानो डुंगाको ‘नीर जहिले रिसाउने’ गीतबाट उक्त अवार्ड प्रदान गरिएको थियो । त्यस्तै गायिका मिनालाई ‘लूट २’ को ठमेल बजार गीतबाट उक्त अवार्ड दिइएको थियो ।

गोपीकृष्ण मुभिजद्वारा राजधानीमा आयोजित सो अवार्ड समारोहमा चलचित्र जात्राबाट विपीन कार्कीले ‘शिव सर्वोत्कृष्ट अभिनेता राष्ट्रिय चलचित्र पुरस्कार’ जितेका हुन् भने अभिनेत्री प्रियंका कार्कीले चलचित्र छक्का पञ्जाबाट ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री राष्ट्रिय चलचित्र पुरस्कार’ चुमेकी हुन् ।

विभिन्न २१ विधामा वितरण गरिएको पुरस्कारका विजेता र चलचित्रको नाम यसप्रकार छः
‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला – छक्का पन्जा
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
विपिन कार्की – जात्रा
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की – छक्का पन्जा
‘नीर’ सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
माउत्से गुरुङ – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
मेनका प्रधान – पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
सुष्टि श्रेष्ठ – गाजलु
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे – छक्का पन्जा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
रामबाबु गुरुङ / उपेन्द्र सुब्बा – पुरानो डुंगा
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
मित्र गुरुङ – जात्रा
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
मीना निरौला – ठमेल बजार (लूट २)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
विक्रम स्वार – ठमेल बजार (लूट २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
रोशन श्रेष्ठ – किङ्ग
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
मनोजराज भण्डारी – जात्रा
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
ईमान विक्रम शाह – चपली हाईट २
– See more at: http://musickhabar.com/2017/06/19/18709/#sthash.Rsd9bAaz.dpuf