यही जुन २५ तारिकका दिन साइप्रसको रमणीय स्थल लिमासोलमा “sound of summer “कार्यक्रम भब्य रुपमा हुने भएको छ । नेपालका ख्याती प्राप्त तथा चर्चित गायक निमा रुम्बाको साथमा साइप्रस स्थित लोकल कलाकारहरुको बेजोड प्रस्तुति रहने लगाएत कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम आयोजक तथा समाजसेवी यानकी हेल्मोले बताउनु भएको छ ।

गत बर्ष जुन २१ तारिकका दिन नेपालका चर्चित महानायक राजेश र चर्चित गायक राजु लामा,हिमाल सगर र तुलसी सिवाकोटीको साथमा एतिहासिक कार्यक्रम गर्न सफल भएको आयोजक यसपाली पनि फेरि साइप्रसबासी नेपालीहरुलाई मनोरंजन दिलाउनको लागि कार्यक्रमको आयोजना गर्न लागिएको कुरा आयोजक समिरले जानकारी दिनु भएको छ ।
गायक निमा रुम्बा नेपाली संगीत क्षेत्रका एक चर्चित गायक हुन् उनका धेरै गितहरु चर्चित छन् । लोकप्रिय गायकको साथमा झुम्न र रमाउन आउनुहोस । कार्यक्रम स्थल सम्म पुग्नको लागि साइप्रसको बिभिन्न सहरहरुमा बसको व्यवस्था समेत गरिएको लगाएत साइप्रस अबस्थित बिभिन्न संघ संस्था ,समाजसेवी ,कलाकार,पत्रकार ,ब्यबसायी र सम्पूर्ण दाजु भाइ तथा दिदि बहिनिहरुलाई कार्यक्रम आउनको लागि आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्नु भएको छ ।
कार्यक्रम हुने स्थान :- लिमासोल rosy club लिमसोम
मिति :- जुन २५
समय :- दिनको ११ बजे
Contact number for details:- 96305911
















