
काठमाडौँ, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वबाट बिदा लिने घोषणा गरेका छन् ।
जर्मनीमा एनआरएनएको युरोपली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आगामी अक्टोबरमा काठमाडौँमा हुने महाधिवेशनपछि संघको सक्रिय भूमिकाबाट विदा दिने घोषणा गरेका हुन् । दुई कार्यकालसम्म अध्यक्ष रहेका घलेले आगामी विश्व सम्मेलनबाट नेतृत्व हस्तान्तरणको योजना सुनाए ।
दुई कार्यकालमा आफूले धेरै कुराको थालनी गरेको भन्दै अध्यक्ष घलेलेआफूलाई समेत बिर्साउने गरी काम गर्न सक्ने नेतृत्वको खाँचो रहेको बताए ।
घले अष्ट्रेलियाको धनाढ्य सूचीमा रहेका एकमात्र नेपाली हुन् । भूकम्पपछिको पुनःनिर्माणमा उदाहरणीय र नेतृत्वदायी भूमिका खेलेर घलेले अन्तराष्ट्रियरुपमा ख्याती कमाएका छन् ।
















