रीटायर्ड मेजर डा. प्रेम आलेको एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी

फौजी सेवाको ३१ औ बसन्त पार गर्दै बेलायत सरकारको उच्च पद मेजरबाट भर्खरै अवकास प्राप्त रीटायर्ड मेजर डा प्रेम आले एक होनहार समाजसेवी हुनुहुन्छ । काध मै बन्दुकको सेवा भैरहदा पनि आफ्नो मातृभुमी प्रतिको समाजसेवामा कटीबध्द डा आले मातृभूमि नेपालमा मुलत: शिक्षा र आपतकालीन राहत दिलाउने काममा लामो समयबाट लागेको पाईएकोछ । साथै चिल्ड्रने फर चिल्ड्रेन नेपाल ( First Freedom Matters) मा नेपाली ट्रष्टी भयर काम गरेको समाज सेवाको उनको अरु उदाहरण हो। नागरीक आफ्नो बृती बिकासको लागी जहा रहे पनि नेपाली नै हुन्छ तर नेपालीहरु गैर नेपाली भै रहदा भोग्न परेका तमाम समस्यासंग नेपालीबाट नेपालीका लागी भन्ने नाराका साथ हाम्रा समस्स्यासंग जुध्न उपाध्यक्षको उम्मेदवार हुन आउनु भयका विद्वान डा आले हाम्रो लागी अहोभाग्य हो । अन्तराष्ट्रीय सम्बन्ध र सुरक्षा बिषयमा पिएचडी गर्नु भयका डा आलेका प्रतिबध्दता हेरौ । तल उहाको प्रतिबध्दता र अपिल जस्ताको तेस्तै :

आदर्णीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार ।

गैर-आवासीय नेपाली संघ ( एनआरएनए ) बेलायतको आगमी ९ सेप्टेम्बर २०१७ मा हुने चुनावमा उपाध्यक्ष पदको लागि मेरो उम्मेदवारी घोषणा गर्दै यहाँहरु सम्पूर्ण सम्पूर्ण मान्यजनहरुमा आफ्नो अभिन्न मत दिई अत्याधिक मतले बिजयी गराउन बिनम्र अनुरोध गर्दछु ।

मेरो संछिप्त परिचय:

श्यांजा जिल्लामा जन्मभई सन् १९८४ स-परिवार नवलपरासी हुदै चितवनमा बसाई सराई भएको, हाल डोर्सेट बेलायतमा सपरिवार बसोबास गर्दै आएको छु । पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययनको क्रममा रहंदा, सन् १९८६ ब्रिटिश आर्मीमा भर्ना भएर झन्डै ३१ बर्षपछी गत सेप्टेम्बरमा मेजर पदबाट अवकाश लिएको छु । सेवा अवधिमा विभिन्न पदमा रही गोर्खाली अनि ब्रिटिश फौजको नेतृत्व गर्ने सु-अवसर समेत प्राप्त भयो । सेवा अवधिकै क्रममा यु.के.को विभिन्न युनिभर्सिटीबाट उच्च शिक्षा ग्रहण गर्ने मौका प्राप्त भई हालै मात्र अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट अन्तरास्ट्रिय सम्बन्ध र सुरक्षा बिषयमा विद्यावारिधि ( पिएचडी) को पढाई सम्पन्न गरि दिक्षित हुने अवसर प्राप्त गरेको छु ।

समाज सेवा पनि मेरो बिसेष रुचिको विषय हो । व्यक्तिगत तथा संघ-संस्थागत रुपमा मातृभूमि नेपालमा मुलत: शिक्षा र आपतकालीन राहत दिलाउने काममा लामो समयबाट लागेको छु । साथै चिल्ड्रने फर चिल्ड्रेन नेपाल ( First Freedom Matters) मा नेपाली ट्रष्टीको रुपमा सेवा गर्न पाउदा आफुलाई गौरवान्वित ठान्दछु । उक्त गैर नेपाली अन्तराष्ट्रीय संस्थाले काठमाडौँमा ट्रमा केन्द्र र पोखराको फुस्रेखोलामा गरिब बिद्यार्थीहरुको लागि ब्यबसायिक शिक्षामा आधारित निशुल्क स्कुल संचालन गर्दै सयौ बिधार्थीको भविस्यको सहयात्री बन्न सफल भएको छ । साथै, बिगतको भयानक भूइंचालो पिडितहरुको लागि घर अनि स्कुल बनाउने काम ब्यापकताका साथ जारी छ । यसर्थ, नेपालीबाट नेपालीका लागि भन्ने मूलमन्त्रका साथ अघि बढेको संस्था ( एनआरएनए) मार्फत आफ्नो मातृभूमिको सेवा गर्ने मेरो मानोकांगक्षा रह्यो ।

मेरो प्रतिबद्दता :

ब्रिटिश आर्मीको नेतृत्वदायी भूमिकामा रहेर संगालेको अनुभव, ज्ञान र शिक्षाको सदुपयोग गरि “सानो तर अत्यावश्यक, गर्न सकिने” काम गर्ने प्रतिबद्दता जाहेर गर्न चाहन्छु । निम्न कामहरु मेरा प्राथमिकतामा पर्नेछ ।

१. बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई यो संस्थाको निशुल्क या न्युनतम शुल्कमा सदस्य बनाई अगामी चुनावमा सम्पूर्णले आ-आफ्नो क्षेत्रमा मतदान गर्न पाउने व्यवस्था गर्न पहल गर्नेछु ।

२. संस्थाको विधानको अछरश: पालना गर्दै नेपालीहरुको हक र हितमा काम गर्ने बिशुद्ध सामाजिक संस्था बनाउने कोशिस गर्नेछु । जाति र पार्टीको राजनीतिबाट मुक्त गरि सबै नेपालीले गर्बसाथ “आफ्नो संस्था” भन्ने लायक संस्था बनाउनेछु ।

३. कुनै पनि काम गर्दा “नेपालीको लागि नेपाली” र “एक पटकको नेपाली संधैको नेपाली” भन्ने संस्थाको मुलमन्त्र लाई हृदयगमन गर्दै भू.पु. गोर्खाली र समस्त नेपालीहरुको मागहरुलाई सम्बोधन गर्न बिशेष पहल गर्नेछु ।

४. बिबिध भेषभुषा, धर्मकर्म र कलासंस्कृतिको माध्यमबाट नेपालीहरुलाई संगठित गर्दै बिदेसमा आर्जित धन, सिप र अनुभवलाई नेपाल र नेपालीको बृहत्तर बिकाशमा लगाउनको लागि सहयोगी भूमिका खेल्नेछु ।

५. नेपाली राजदुताबाससंग सहकार्य गर्दै नेपालमा बिदेशी लगानी भित्र्याउन सकिने कार्यक्रमलाई प्रोत्साहित गर्ने अनि नेपाल र बेलायत बीच नेपाली समाजको पुल भएर अग्रणी भूमिका खेल्नेछु ।६. नेपालमा उद्यमशीलता बिकाश तालिम तथा रोजगारी को लागि पहल गर्नेछु ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार