ओली ज्यु लाई पत्र – डा. केसीका माग कहिले सुन्ने ?

  रमेस राज वास्तोला,  पोर्चुगल

आदरणीय के पी ओली ज्यु नमस्कार । राजनैतीक आस्था मा म राजतन्र पक्षधर तपाई गणतन्र पक्षधर म हिन्दु रास्रट्र पक्ष धर तपाई पस्चीमी मुलुक ले लादेको धर्मनिरपेक्ष पक्षधर । तर पनि म तपाई को प्रसंसक हु थिय छु र भोली यो देस को कार्यकारी प्रधान मन्री मा भोट हाल्नु पर्यो भने म आखा चिम्लेर प्रधान मन्री मा तपाईलाई भोट हाल्ने छु तर पार्टी परिवर्तन गरेर होईन भोट हाल्नु को कारण वहुदल पछि आज सम्म कै प्रधान मन्री मध्य तपाई राम्रो र जनता को मन मा वस्न सफल प्रधान मन्री हुनुभयको छ ।
तर अचेल हजुर का केही वाक्य केही वाणी सुन्दा यस्तो लाग्दछ तपाई को रास्ट्रवाद मात्र निहित स्वार्थ को लागी मात्र हो कि जस्तो लाग्न थालेको छ । हजुर लाई अवगत छ डाक्टर गोविन्द के सी अनसन मा हुनुहुन्छ ऊहा कुनै स्वास्थ मन्री हुन ऊहा स्वास्थ सचिव हुन अनसन वस्नु भयको होईन आफ्नो तलव भत्ता वढाऊन आफ्नो रोज़ी रोटी जोगाऊन ऊहा अनसन वस्नु भयको होईन अनि ऊहा कुनै सत्ता र सक्ती परिवर्तन गर्न अनसन वस्नु भयको होईन । तर हजुर ले सम्माननीय प्रधान मन्री ज्यु सग मानवीयता हिन संवेदना हिन को अभीव्यीक्ती दिनु भयो र भन्नु भयो प्रधान मन्री ज्यु म प्रधान मन्री पद चाहीयो भनेर अनसन वसे भने पद छोड्नु हुन्छ ??? हजुर ले यस्ता अभिव्यक्ति दिदा साच्चै के पी ओली समर्थक हरु को मन कुटुक्क खायो । अनसन वस्ने पनि ऊद्देस्य हुन्छन् ति ऊद्देस्य व्याक्तीगत हुन्छन् कि सामाजीक हुन्छन् कि रास्ट्रहीत का हुन्छन् तेती पनि हजुर ले छुट्टाऊन नसक्कनु साच्चै ऊखाने प्रवृत्ति मात्र हो भन्ने कुरा स्वयं हजुर लाई पनि थाहा होला । यदी डा गोविन्द केसी कुनै पद को लागी कुनै व्याप्ति गत स्वार्थ को लागी अनशन वसेको भय हजुर को अभिव्यक्ति मा हामी पनि समर्थन गर्दथ्यो तर हजुर को माथी को अभीव्यक्तलमा घोर भर्त्सना गर्दछौ ।
के पी ओली ज्यु हजुर लाई थाहा छ एक जना होनाहार पत्रकार कर्ण वोहोरा आफ्नो श्रीमती को मुर्गौला फ़ेल भयर ऊपचार गराऊन काठमान्डौ ल्याय ऊपचार गराऊदा गराऊदै सारा सम्पति सकियो अनि ऊनि आत्म हत्या गरे या हृदयघात के कसरी स्वर्गवास भय त्यो प्रस्ट नभयपनि नेपाल को चर्को स्वास्थ सेवा र आर्थीक कमज़ोरी एक हो ऊनको मृत्यु को कारण । केही दिन अगाडी मृगौला पिडीत उनकी धर्म पत्नी को पनि स्वर्गवास भयो साहेद हजुर हरु रगत चेक गर्न सरकारी धुकुडी सकेर विदेस जाने हरु लाई यस्ता साना कुरा हरु थाहा पनि नहुन सक्दछ तर जानराकी पाऊनु जरुरी छ । ओली जि हजुर ३ करोड जनताको प्यारो पुर्व प्रधान मन्री हो राजनैतीक आस्था का आधार मा वाहीर हजुर को विरोध गरेता पनि वेलुकी सुत्ने वेला माले मन्डले कांग्रेस एमाले अंजन भजने पहाड़ी हिमाली मधेसी सवैको मन ले के पी ओली रास्ट्रवादी प्रधान मन्री हुन् है भनेर एक पटक सवै मनन गरेका नै हुन्छन् ।
तर दुख को कुरा आफ्नो नेता अग्रज को नाम भजायर (स्वर्गीय मनमोहन अधीकारी ज्यु ) स्वास्थ सस्था खोलेर स्वास्थ माफ़िया हरु ले सम्पुर्ण स्वास्थ क्षेत्र कव्जा जमायका छन् हजुर को आखा मा पट्टी लगाईदीयका छन् ति कोही नभयर एमाले पार्टी संसदका सभासद छन् केही पार्टी का नेता को स्वार्थ को लागी एऊटा देस जनता को सेवा गर्ने डाक्टर लाई कात्रो को मा वाध्न र श्रद्दान्जली को लागी सवै लाई वाध्य पार्दै हुनुहुन्छ । अन्य नेता पनि डाक्टर के सि को माग को वारे मौन छन् ऊनीहरु पनि देस र जनता को आखामा अपराधी हुन् तर हजुर आफ्ना दर्जन सभासद लाई खुसी पार्न डा गोविन्द केसी विरुद्ध मैदान मै ऊत्रनु हुन्छ भने अव तपाई को रास्ट्र वाद लाई खोत्रो रास्ट्र वाद वाहेक अरु केही भन्न सकिदैन । देस र जनता को लागी लड़्ने डाक्टर को पक्ष मा तपाई विरोध गर्नु हुन्छ भने विदेसी सग देस को सार्वभौमिक को लागी के नै गर्न सक्नु हुन्छ यहा गम्भीर प्रस्न छ । डाक्टर के सी स्वास्थ माफ़िया विरुद्ध जनता को भलाई को लागी लड्नु भयको छ स्वास्थ माफ़िया पैसा को लागी लडेका छन् यदी आज का ति स्वास्थ माफ़िया हरु भोली रास्ट्र माफ़िया नहोलान् भन्न सकिदैन अनि हजुर तिनीहरु कै सति जानु हुन्छ कि रास्ट्र जोगाऊन ??? तर हामी भन्दछौ आज गोविन्द केसी विरुध्द अभिव्यक्ति दियर स्वास्थ माफ़िया सग लाग्ने तपाई भोली पनि तिनीहरु लाई साथ दिनु हुनेछ किन भने तपाई स्वार्थ र फाईदा को लागी गलत र सही छुट्टायऊन सक्नुहुदोरहेनछ । यदी के गलत के सही छुट्याऊन सक्नु हुन्छ भने डा गोविन्द के सि को जिवन रक्षा को लागी डा गोविन्द के सी का माग हरु संवोधन गर्न लाग्नुहोस् सदन मा डा गोविन्द के सी का माग को लागी केही वोल्नुहोस् रमिते नवन्नुहोस् । आखा खोल्नु होस् केही पार्टी का नेता कार्यकर्ता को स्वार्थ वाट माथी उठी स्वास्थ माफ़िया विरुद्ध वोल्नुहोस् । अनि जनता को मन मस्तीस्क मा वस्न खोज्नुहोस् ।
डा गोविन्द के सी वारे टुक्का र ऊखान हालेर र कठोर वाणी वोलेर आफ्नो साख मात्र होईन पार्टी को समेत साख नगीराऊनु होस् । स्वास्थ सचिव ले डा गोविन्द के सी को स्वास्थ अत्यन्तै गम्भीर भयको जानकारी दियको हजुर लाई पनि अवगत होला तसर्थ गोविन्द के सी का माग व्याक्तीगत होईन रास्ट्र र जनहित मा छन् मनन गर्नु होस् माग पुरा गरि गोविन्द केसी को जिवन रक्षा गर्न पहल गर्नु होस् अनि सवैको मन मा वस्नु होस् ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार